५४ लाख बराबरको सामान राजश्व कार्यालय पथलैयामा बुझाइयो

२०८२ जेठ ९ शुक्रबार
सारांश
  • इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको गस्ती टोलिले शुक्रबार बिहान करीब साढे २ बजेको समयमा ना ५ ख ६७४७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा अवैधरुपमा रहेको सामान बरामद गरेको हो ।

रौतहट : बारा प्रहरीले ५४ लाख ३५ हजार बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।


इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको गस्ती टोलिले शुक्रबार बिहान करीब साढे २ बजेको समयमा ना ५ ख ६७४७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा अवैधरुपमा रहेको सामान बरामद गरेको हो ।


इलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्रहरी सहायक निरीक्षक राजन शिवाकोटीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरस्थित कार्यालय अगाडि चेक पोवाईन्टमा ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामान रहेको पाइएको छ । बीरगंजबाट रुपन्देही जाँदै गरेको उक्त सामनको स्रोत खुलाउन नसकेकाले बरामद गरिएको उनको भनाइ छ ।


उक्त ट्रकमा रू.५४ लाख ३५ हजार २ सय ७८ रूपैयाँ बराबरको कपडा, लङ, धागो, चप्पललगायत अन्य खुद्रा सामानहरु रहेको उनले जानकारी दिए । सामानसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार